वि.सं:
नेपाल संवत: ११४६ ञलागा पञ्चमी - २०
गुणस्तरीय, समावेशी, पहुँचयोग्य र जीवनोपयोगी शिक्षा सुनिश्चित गर्दै प्रत्येक नागरिकलाई शिक्षित, सक्षम र जिम्मेवार बनाउनु हाम्रो प्रमुख मिशन हो। विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षक तथा शिक्षण–सिकाइ प्रक्रियाको प्रभावकारिता, शैक्षिक स्रोतसाधनको उचित व्यवस्थापन तथा नवप्रवर्तनको प्रवर्द्धनमार्फत शैक्षिक उपलब्धि सुधार गर्नु हाम्रो प्रतिबद्धता हो। साथै स्थानीय तह, विद्यालय, शिक्षक, अभिभावक, समुदाय तथा सम्बन्धित सरोकारवालासँग प्रभावकारी समन्वय र सहकार्य गर्दै शिक्षा सम्बन्धी नीति, योजना तथा कार्यक्रमको सफल कार्यान्वयन, नियमित अनुगमन र गुणस्तर सुनिश्चित गर्नुका साथै पारदर्शिता, उत्तरदायित्व र सेवाभावलाई आत्मसात गर्दै समतामूलक, सक्षम र समृद्ध समाज निर्माणमा योगदान पुर्याउनु शिक्षा विकास तथा समन्वय इकाई, नवलपरासी (ब.सु.प.) को मूल लक्ष्य हो।